Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रवि लक्षित कमल थापाको टिप्पणी- 'क्लिन चिट' होईन, कारबाहीको सिफारिस हो

रवि लक्षित कमल थापाको टिप्पणी- 'क्लिन चिट' होईन, कारबाहीको सिफारिस हो


  • 1.8K
    Shares

    रवि लक्षित कमल थापाको टिप्पणी- 'क्लिन चिट' होईन, कारबाहीको सिफारिस हो
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिश भएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।

    साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् ।

    उनले भने-  'क्लिन चिट' पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो । सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - १२:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij