Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राष्ट्रिय कार्यकर्ता भेला

कांग्रेसले देखाएका प्रमाणहरू फेक, सहकारी ठगीमा म निर्दोष साबित भएको छु : रवि लामिछाने 

कांग्रेसले देखाएका प्रमाणहरू फेक, सहकारी ठगीमा म निर्दोष साबित भएको छु : रवि लामिछाने 


  • 2.8K
    Shares

    कांग्रेसले देखाएका प्रमाणहरू फेक, सहकारी ठगीमा म निर्दोष साबित भएको छु : रवि लामिछाने 
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । 

    राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामिछानेले  कांग्रेसतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन् । 

    लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भइरहेको बताए । लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको जिकिर गरे ।

    पार्टीको राष्ट्रिय भेला आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । भोलिसम्म चल्ने भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तोक्ने कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  

    भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    भेलामा प्रदेश सभापतिहरूले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ पनि गर्ने कार्यक्रम छ। साथै अनुशासन आयोगको संक्षिप्त प्रतिवेदनमा पनि छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।

    राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने छन् । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा केन्द्रीय सदस्यदेखि पालिकासम्मका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । 

     

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - ११:१५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij