Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मलेसियाबाट एकैदिन ल्याइयो १२ नेपालीको शव

मलेसियाबाट एकैदिन ल्याइयो १२ नेपालीको शव


  • 6.5K
    Shares

    मलेसियाबाट एकैदिन ल्याइयो १२ नेपालीको शव

    काठमाडौं । मलेसियाबाट एकै दिन १२ वटा शव नेपाल ल्याइएको छ । आइतबार नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याएको विमानस्थल कार्यालयले जनाएको छ।

    मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो।

    भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

    रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको सो कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण उडान प्रभावित भएसँगै वैदेशिक रोजगार बोर्ड तथा सम्बन्धित देशस्थित नेपाली दूतावासले एकसाथ शव ल्याउने व्यवस्था मिलाउन थालेका हुन्।

    पछिल्लो समय खाडीका देश र मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । आफ्नो निर्वाचन क्षेत्रका युवाको शव समेत ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए ।

    bazbu.jpg

     

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १३:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij