Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भोलि कांग्रेस सभापति देउवा झापा जाँदै, के-के छ कार्यक्रम ?

भोलि कांग्रेस सभापति देउवा झापा जाँदै, के-के छ कार्यक्रम ?


  • 8.7K
    Shares

    भोलि कांग्रेस सभापति देउवा झापा जाँदै, के-के छ कार्यक्रम ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (सोमबार) वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा जाँदैछन् ।

    उनको सचिवालयले दिएको जानकारी अनुसार कांग्रेस नेता स्व. सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा) को श्रद्धाञ्जलीसभा र कांग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रम रहेकाले देउवा झापा जान लागेका हुन् ।

    उल्लिखित कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मालगायत पनि सहभागी हुनेछन् । सिटौला आजै (आइतबार नै) झापा प्रस्थान गरिसकेका छन् ।

    सभापति देउवा झापामा दुई दिन बस्ने बताइएको छ । उक्त बसाइका क्रममा उनले कांग्रेस प्रदेश १ का नेताहरूसँग भेटघाट तथा छलफल गर्नेछन् ।

    राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहँदै आएकी गिरीराजकुमारीको चैत ११ गते ९० वर्षको उमेरमा निधन भएको थियो । 

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १३:४६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij