Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सांसदको माग

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सांसदको माग


  • 2.0K
    Shares

    सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सांसदको माग
    images

    काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले नेकपा (एकीकृत समाजवादी)का उपमकहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भू-भाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

    उनले भने- 'यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ रु सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।'

    पूर्व मन्त्रीसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भूभागमा भारतको दाबी पुग्ने बताएका थिए । सो अभिव्यक्तिको विरोध भएपछि उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १३:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij