Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक

माओवादीले संसद् अवरोध नगर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्दै

माओवादीले संसद् अवरोध नगर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्दै


  • 1.8K
    Shares

    माओवादीले संसद् अवरोध नगर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्दै
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सदन चल्न दिने भएको छ । सोमबार मध्यरातिदेखि चालु अधिवेशन अन्त्य हुने भएपछि अन्तिम दिनको बैठकमा माओवादी केन्द्र लचिलो बनेको हो ।

    नेकपा (एमाले) सचिव योगेश भट्टराईले जनयुद्धलाई हिंसाको संज्ञा दिएपछि उत्पन्न विवादमा माओवादीले सदन चल्न नदिनेसम्मको निर्णय गरेको थियो ।

    सभामुख देवराज घिमिरेले समेत हिंसा शब्द असंसदीय नभएको भन्दै संसदीय रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सुनाएका थिए ।

    सभामुख देवराज घिमिरेले सोमबार बोलाउनु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्द हटाउनु पर्छ भन्ने पक्षमा पार्टीको अडान कायम रहेको बताए ।

    उनले भनेका छन्, हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । सभामुखको विरोधमा हामी छैनौं । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं ।

    योसँगै संसदको गतिरोध अन्त्य भएको छ । प्रतिनिधि सभाको बैठक अहिले एक बजेपछि बस्दैछ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १२:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij