Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक

संसद्को सम्भावित कार्यसूची प्रधानमन्त्री ओलीको सम्बोधनविहीन (कार्यसूचीसहित) 

संसद्को सम्भावित कार्यसूची प्रधानमन्त्री ओलीको सम्बोधनविहीन (कार्यसूचीसहित) 


  • 3.5K
    Shares

    संसद्को सम्भावित कार्यसूची प्रधानमन्त्री ओलीको सम्बोधनविहीन (कार्यसूचीसहित) 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ः०० बजे बस्नेछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा उक्त सभाको बैठक बस्न लागेको हो । 

    बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    त्यस्तै सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने संघीय संसद्ले बताएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/०८०’ पेस गर्ने अर्को कार्यसूची रहेको छ । 

    त्यसैगरी कानूनमन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् भने उनको नै विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने आजको सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बताए । 

    तर, प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा तोकिएको छैन । 

    हेर्नुहोस् सम्भावित कार्यसूची :

    tbdyx6sn6nc3tsel_page-0001.jpg

     

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १०:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij