Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

प्रम सम्बोधन

‘हिंसा’ले गरम भएको माओवादी प्रधानमन्त्री ओलीको सम्बोधनप्रति ‘नरम’ ! 

‘हिंसा’ले गरम भएको माओवादी प्रधानमन्त्री ओलीको सम्बोधनप्रति ‘नरम’ ! 


  • 3.4K
    Shares

    ‘हिंसा’ले गरम भएको माओवादी प्रधानमन्त्री ओलीको सम्बोधनप्रति ‘नरम’ ! 
    images

    काठमाडौं । आज (सोमबार) संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । 

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । यद्यपि यसअघि संसद् बैठक अवरुद्ध पार्दै आएको माओवादी केन्द्रले प्रधानमन्त्रीको सम्बोधनप्रति नरम देखिएको छ । 

    सत्तारूढ एमाले सांसद योगेश भट्टराईले भदौ १२ मा १० वर्षे सशस्त्र संघर्षलाई हिंसाको टिप्पाणी गरेका थिए । त्यसयता प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्मा प्रतिवाद गर्नुका साथै अवरोध नै गरेको थियो ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीको सम्बोधनका लागि आफूहरूले संसद् अवरोध नगर्ने बताएका छन् । तथापि माओवादीले आफ्नो धारणा भने राख्ने पाण्डेले बताए । 

    संसद् बैठक दिउँसो १ः०० बजे बस्नेछ । 

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १०:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij