Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

स्थानीयतह उपनिर्वाचन

आसन्न मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सुझाव

आसन्न मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सुझाव


  • 1.9K
    Shares

    आसन्न मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सुझाव
    images

    ‍काठमाडौं । उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले प्रधानमन्त्रीसँग परामर्श गरेको छ ।

    आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न परामर्श दिएका छन् ।

    स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

    भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने बताए । उनले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न पनि आग्रह गरे ।

    सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १६:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij