Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

बल्झिएको हिंसा

संसद् बैठक अनिश्चित : सभामुख हतोत्साहित, प्रधानमन्त्री ओलीको सम्बोधन प्रभावित  

संसद् बैठक अनिश्चित : सभामुख हतोत्साहित, प्रधानमन्त्री ओलीको सम्बोधन प्रभावित  


  • 4.0K
    Shares

    संसद् बैठक अनिश्चित : सभामुख हतोत्साहित, प्रधानमन्त्री ओलीको सम्बोधन प्रभावित  
    images

    काठमाडौं । आज (आइतबार) दिउँसो १ः०० बजे बोलाइएको बैठक स्थगित भएको छ । संघीय संसद्को अभिलेखबाट ‘हिंसा’ शब्द नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडान पश्चात् बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । 

    भदौ १२ मा सत्तापक्षी सांसद योगेश भट्टराईले संसदमै ‘जनयुद्ध’लाई ‘हिंसा’को टिप्पणी गरेपछि प्रतिपक्षी माओवादीले प्रतिवाद गरेको थियो । त्यसयता संसद् बैठक प्रभावित हुँदै आएको छ । 

    प्रभावित बैठक सुचारु गर्न आज दिउँसो सभामुखसहित सत्ता र प्रतिपक्षी दलका सचेतकसँगको छलफलमा माओवादीले उहीँ अडान दोहोर्याएपछि आज बस्ने बैठक स्थगित भएको हो । 

    माओवादीले संसद् चल्न नदिने अडान राखेपछि सभामुख देवराज घिमिरे हतोत्साहित भएका छन् । किनकि भोलि (सोमबार) बस्ने संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ । 

    संसद्को सम्बोधन पश्चात् असो ४ मा प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदैछन् । यस्तो अवस्थामा संसद् अवरुद्ध भए सभामुखमाथि नै दोष थोपरिनसक्ने सत्तापक्षी कांग्रेस सांसदहरू बताउँछन् । 

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १६:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij