Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट


  • 1.9K
    Shares

    प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए । 

    भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।

    भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १४:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij