Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

माओवादीको बलियो प्रतिवाद 

‘हिंसा’को माध्यमबाट सभामुख र भट्टराईको घुँडा टेकाउने रणनीतिबाट पछि हटेन माओवादी

‘हिंसा’को माध्यमबाट सभामुख र भट्टराईको घुँडा टेकाउने रणनीतिबाट पछि हटेन माओवादी


  • 4.2K
    Shares

    ‘हिंसा’को माध्यमबाट सभामुख र भट्टराईको घुँडा टेकाउने रणनीतिबाट पछि हटेन माओवादी
    images

    काठमाडौं । संघीय संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । आज (आइतबार) बिहान सभामुखसहित राष्ट्रिय दलका प्रमुख सचेतकसँगको छलफल निष्कर्षबिहीन भएको हो । 

    बैठकमा सत्तारूढ दल कांग्रेस, एमाले र प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक उपस्थित थिए । एमाले सांसद योगेश भट्टराईले भदौ १२ मा संसद् बैठकमै तत्कालीन नेकपा (माओवादी)ले गरेको ‘१० वर्षे सशस्त्र संघर्षलाई हिंसा’को टिप्पणी गरेपछि माओवादी सांसदहरू आक्रामक बनेका छन् । 

    उनीहरूले भदौ १२ यता बैठकमा हिंसाको विरोध गर्नुका साथै २६ गते संसद् नै अवरुद्ध पारेका थिए । त्यस्तै आज (आइतबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुचारू गर्न सभामुखसहित दलका सचेतकहरूको बैठक बसेको थियो । 

    उक्त बैठकमा माओवादी लगायतका प्रतिपक्षी दलहरूले हिंसा शब्द असंसदीय भएको र संसद्को रेकर्डबाट नहटाएसम्म संसद्को गतिरोध कायमै राख्ने बताएपछि बैठक निष्कर्षबिहीन बनेको छ । 

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १२:३८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij