२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । संघीय संसदअन्तर्गत दुवै (राष्ट्रिय–प्रतिनिसभा) सदनको बैठक क्रमशः दिउँसो १ः०० र १ः१५ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
यद्यपि आज (आइतबार) बस्ने संसद्को दुवै सदन अवरुद्ध हुने पक्का जस्तै छ । प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल जारी छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको हो । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरू छन् ।
सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए ।
सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । सभामुखले त्यसकै निर्णय सुनाउँदै हिंसा असंसदीय नरहेको बताएपछि माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिवाद गरेका थिए ।
माओवादी केन्द्रका सांसदले संसद सञ्चालनमा अवरोध र्पुयाएपछि बैठक स्थगित भएको थियो । सभामुखले त्यसबारे छलफल गर्न आज बैठक बोलाएका थिए ।
तर, माओवादी केन्द्रका संघीय सांसद माधव सापकोटाले एमाले सांसद योगेश भट्टराईले माफी नमागेसम्म वा सभामुख घिमिरेले हिंसा शब्द संसद्को अभिलेखबाट नहटाएसम्म दुवै सदनको बैठक चल्न नदिने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij