Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक 

‘हिंसा’ले बन्दक बनाएको संसद् खुलाउन ५ दलका सचेतकसँगको छलफलमा सभामुख 

‘हिंसा’ले बन्दक बनाएको संसद् खुलाउन ५ दलका सचेतकसँगको छलफलमा सभामुख 


  • 2.0K
    Shares

    ‘हिंसा’ले बन्दक बनाएको संसद् खुलाउन ५ दलका सचेतकसँगको छलफलमा सभामुख 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेवरस्थित संसद् भवनमा बस्नेछ । 

    भदौ २६ मा सत्तापक्ष एमाले र प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूबीच विवाद हुँदा बैठक आज (आइतबार)सम्मका लागि स्थगित गरिएको थियो ।  

    भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ शब्द संसदीय रेकर्डबाट नहटाएसम्म संसद् बैठक चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र छ । 

    सोही विषयमा छलफल गर्न सभामुख घिमिरेले आज बिहान ११ बजेका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई सिंहदरबार बोलाएका हुन् । 

    एमाले सांसद भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । 

    त्यसपछि सभामुख घिमिरेले संसद् सचिवालयलाई यसबारे छानबिन गर्न निर्देशन दिएका थिए । छानबिनपछि सभामुख घिमिरेले यही भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द यसअघि पनि प्रयोग भएको उल्लेख गर्दै यो असंसदीय नभएको निर्णय सुनाएपछि माओवादी सांसदले बैठक अवरुद्ध गरेका थिए ।

    यसपछि भदौ २८ गते बसेको माओवादी संसदीय दलको बैठकले  ‘माओवादी जनयुद्ध’लाई अपमान गर्न खोजिएको ठहर गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको छ । तर सभामुख घिमिरेले उक्त निर्णय प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेरेर गरेको जिकिर गरिरहेका छन् ।

    यस्तो अवस्थामा संसद् चल्न नदिने माओवादी केन्द्रले अडान लिएको छ । 

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - ०९:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij