२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ ।
आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij