Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कर्णालीमा आज एमाले संसदीय दलको बैठक बस्दै

कर्णालीमा आज एमाले संसदीय दलको बैठक बस्दै


  • 5.8K
    Shares

    कर्णालीमा आज एमाले संसदीय दलको बैठक बस्दै

    वीरेन्द्रनगर । कर्णाली प्रदेश नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ ।

    आजको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । यता सरकारमा सहभागी एमालेका मन्त्री फिर्ता आएका छैनन् ।

    माधव नेपाल निकट रहेका ती मन्त्रीले आफुहरुले सरकार नछोड्ने अडान लिँदै आएका छन् । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभामा एमालेसँग २० सिट रहेको छ ।

    २० मध्ये माधव नेपाल समूहका ९ जना सांसद रहेका छन् । माओवादी केन्द्रसँग १२ सिट रहेको छ । यस्तै कांग्रेससँग ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ सिट रहेको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १२:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij