Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

नेकपा एमालेको सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने

नेकपा एमालेको सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने


  • 2.1K
    Shares

    नेकपा एमालेको सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने
    images

    काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

    यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिनका लागि बैठक बोलाएको जनाएको छ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ ।

    आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ। 

    नेम्वाङको स्मृतिमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले उनको स्मृतिमा केन्द्रीय सचिवालय बैठकबाट प्रतिष्ठान निर्माणको निर्णय गर्ने जानकारी गराएका थिए।

    प्रकाशित मिति :भाद्र २८ २०८१ शुक्रवार - ०७:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij