Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

रातिको समयमा चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

रातिको समयमा चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा चार जना पक्राउ


  • 9.7K
    Shares

    रातिको समयमा चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चैनचौरको टोलिले विभिन्न मितिमा चार जनालाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले सिन्धुपाल्चोक गुजल पाउँपालिका घर भएका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ,  २८ वर्षीय बुद्ध तामाङ र २८ वर्षीय रोशन लामालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।

    उनीहरूले चैत १६ गते रातीको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा डेरा गरी बस्दै आएका चिनियाँ नागरिकको कोठामा मुकुन्डो लगाएर प्रवेश गरी हतियार देखाएर रकम तथा धनमाल लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

    उनीहरूले कोठामा प्रवेश गरी चिनियाँ नागरिक श्रीमती र सालाहरूलाई हतियार देखाएर रकम लुटेका थिए । पीडित पक्षले २० लाख रुपैयाँ, सुनका केही गहना लुटिएको उजुरी दिएका थिए ।

    प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट ७ लाख ९२ हजार रुपैयाँ, तिलहरी एक थान, बच्चाको सुनको बाला, कानमा लगाउने सुनको रिङ, सुनको औँठी समेत बरामद गरेको जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - ११:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij