२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ ।
तर, सत्तारुढ दलहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ । उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।
यस अघि बुधबार बसेको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको थियो । राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने तयारीमा सत्तारुढ दलहरु रहेका छन् ।
तथापि पार्टीको उक्त निर्णयविपरीत कांग्रेसका ११ सांसद काठमाडौं बाहिर पुगेका छन् । उनीहरूलाई भदौ ३० सम्म आइपुग्न निर्देशन दिइएको छ । यदि उनीहरू काठमाडौं पुगेनन् भने उपभामुख हटाउने रणनीति स्वतः फेल हुनेछ ।
किनकि सत्तारूढ दल कांग्रेसका ८८, एमाले ७७, जसपा ७, लोसपा र नागरिक उन्मुक्ति ४–४ र स्वतन्त्र १ गरी १८१ मत पुग्छ । दुईतिहाइका लागि आवश्यक १८३ मतमध्ये २ मत अपुग हुन्छ । किनकि एमालेका ७९ मध्ये दुई १ जना सभामुख (देवराज घिमिरे) छन् भने अर्का टोपबहादुर रायमाझी निलम्बित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij