Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रतिरक्षा

उपसभामुखको प्रतिरक्षाका लागि आगामी बस्ने संसद् बैठकमा ४ दलले सशक्त प्रतिवाद गर्ने

उपसभामुखको प्रतिरक्षाका लागि आगामी बस्ने संसद् बैठकमा ४ दलले सशक्त प्रतिवाद गर्ने


  • 3.1K
    Shares

    उपसभामुखको प्रतिरक्षाका लागि आगामी  बस्ने संसद् बैठकमा ४ दलले सशक्त प्रतिवाद गर्ने
    images

    काठमाडौं । उपसभामुख इन्दिरा राना प्रकरणले संसद् तातेको छ । अनधिकृत व्यक्तिलाई अमेरिकामा लैजान दूतावासलाई लेखेको पत्र विवादले संसद् तातेको हो । 

    संसद् मात्रै तातेको छैन । सत्तारूढ दलका सांसदहरूले उनलाई मार्ग प्रशस्त गर्न समेत आग्रह गरेका छन् । प्रमुख सत्तारूढ दल कांग्रेसले उपभामुखले पदबाट राजीनामा दिन आग्रह गरेको छ भने सत्तासाझेदार दल एमालेले राजीनामा नदिए सांसदहरूको दुईतिहाइ अंकगणितमार्फत हटाउन खोजेको छ । 

    विगत केही दिनयता चलेको संसद् बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरूबीच उपसभामुख प्रकरणले जुहारी नै चलेको छ । सत्तापक्षी सांसदहरू रानालाई जसरी पपिन हटाउने पक्षमा उभिएका छन् भने प्रतिपक्षी दलहरू प्रतिरक्षामा उत्रिएका छन् । 

    आगामी आइतबार बस्ने बैठकमा प्रतितिपक्षी एकमुख भएर उपसभामुखको बचाउमा उत्रिने तयारी गरेका छन् । त्यसका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र रास्वपाले आफ्नो तयारी थालेको माओवादी केन्द्रका एक सांसदले बताए । 

     

    प्रकाशित मिति :भाद्र २७ २०८१ बिहिवार - ११:५२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij