२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरू भएको छ । छलफल प्रधानमन्त्रीको सरकारी निवासमा आज (बिहीबार) १०ः०० बजेबाट सुरू भाएको हो ।
ओली र प्रचण्डबीच छलफल चलिरहेकै बेला ठीक ११ः०० बजे प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच झण्डै एक घण्टा मिनेट कुराकानी भएपछि देउवा पनि पुगेका हुन् ।
अहिले तीन नेताबीच छलफल चरिहेको छ । आज बिहान काठमाडौंको नैकापमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन् । अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल चरिहेको स्रोतले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij