Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

उपसभामुख हटाउने रणनीति

उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव पेशका लागि दुईतिहाइ जुटाउनै गाह्रो, सांसदहरू तितरबितर

उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव पेशका लागि दुईतिहाइ जुटाउनै गाह्रो, सांसदहरू तितरबितर


  • 5.0K
    Shares

    उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव पेशका लागि दुईतिहाइ जुटाउनै गाह्रो, सांसदहरू तितरबितर
    images

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूसहित ६ जना अनधिकृत व्यक्तिलाई अमेरिका लैजान दूतावासलाई लेखेको पत्र विवाद सतहमा आएको छ । उनले गत वर्ष आफूसहित अनधिकृत व्यक्तिलाई अमेरिकामा आयोजित एक कार्यक्रममा लैजान नेपालस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र विवाद सतहमा आएको हो । 

    रानाले संसद्को गरिमामा आँच पुर्याउने कार्य गरेको भन्दै सत्तापक्षका सांसदहरूले संसद् बैठकमै विरोध जनाएका छन् । उनीहरूले उपसभामुखलाई मार्ग प्रशस्त गर्न समेत आग्रह गरेका छन् । त्यस्तै प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सत्तासाझेदार एमाले उपभामुख हटाएरै छाड्ने पक्षमा उभिएको छ । 

    तथापि सत्तारूढ दल कांग्रेस ८८, एमाले ७७, जसपा ७, लोसपा र नागरिक उन्मुक्ति ४–४ र स्वतन्त्र १ गरी १८१ मत पुग्छ । दुईतिहाइका लागि आवश्यक १८३ मतमध्ये २ मत अपुग हुन्छ । किनकि एमालेका ७९ मध्ये दुई एक जना सभामुख (देवराज घिमिरे) छन् भने अर्का टोपबहादुर रायमाझी निलम्बित छन् । यसर्थ अहिले एमालेका ७७ जना सांसद मात्रै छन् । 

    दुईतिहाइ जुटाउन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मधेस प्रदेश सरकारमा सहकार्य गरेको जनमत र सरकारलाई समर्थन जनाएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने कसरतमा छन् । जनमतका अध्यक्ष सीके राउतसँगको अनौपचारिक संवाद भएको छ । 

    कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदलाई काठमाडौं उपत्यकाबाहिर नजान ह्वीप जारी गरेको छ । कांग्रेसका ५ सांसद देशबाहिर र ११ सांसद राजधानीबाहिर छन् । भदौ ३० भित्र सबैलाई काठमाडौं आइसक्न खबर गरिएको छ । तर, कांग्रेस संस्थापन पक्षले उपसभामुख रानालाई हटाउने पक्षमा आनाकानी गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र २७ २०८१ बिहिवार - १०:०२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij