Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एमाले–माओवादी लडाउने रणनीति

संसदमा एमाले र माओवादी केन्द्रबाहेक अन्य पार्टीका सांसदहरू तैचुप–मैचुप

संसदमा एमाले र माओवादी केन्द्रबाहेक अन्य पार्टीका सांसदहरू तैचुप–मैचुप


  • 2.6K
    Shares

    संसदमा एमाले र माओवादी केन्द्रबाहेक अन्य पार्टीका सांसदहरू तैचुप–मैचुप
    images

    काठमाडौं । भदौ १२ यता संसद् बैठकमा हंगामा मच्चिएको छ । सत्तासाझेदार दल एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा मच्चिएको हो । 

    ताप्लेजुङबाट निर्वाचित एमाले प्रतिनिधिसभा सांसद भट्टराईले दुई साता पहिले संसद् बैठकमा तत्कालीन माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए । 

    उनले सशस्त्र संघर्ष नभई हिंसा भएको अभिव्यक्ति दिएपछि प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए । असंसदीय अभिव्यक्ति दिएको भन्दै एमाले सांसद भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । 

    तर, आज (बुधबार) बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डमै कायम राख्न रुलिङ गरेपछि पुनः माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए । 

    सभामुखको रुलिङ पश्चात् माओवादी केन्द्रका सांसदले बैठकमा उठेर विरोध गरेका थिए । प्रमुख सत्तासाझेदार दल कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी, प्रतिपक्षी रास्वपा, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरूले हालसम्म मुख खोलेका छैनन् । 

    उनीहरू यी दुई दलको रमिता हेरेर बसेका छन् भने तैचुप–मैचुप देखिन्छन् । आज पनि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच निकै चर्काचर्की भएको थियो । त्यसपछि माओवादी केन्द्रका सबै सांसद उठेरै विरोध जनाएपछि संसद् बैठक आगामी ३० गतेसम्मका लागि स्थगित गरिएको छ । 

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - १६:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij