Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

दूतावास पत्र प्रकरण

उपसभामुखको बचाउमा रास्वपा अनिर्णीत : पर्ख र हेरमा सिमित, संसदमा निरन्तर प्रतिवाद 

उपसभामुखको बचाउमा रास्वपा अनिर्णीत : पर्ख र हेरमा सिमित, संसदमा निरन्तर प्रतिवाद 


  • 2.7K
    Shares

    उपसभामुखको बचाउमा रास्वपा अनिर्णीत : पर्ख र हेरमा सिमित, संसदमा निरन्तर प्रतिवाद 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । 

    बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

    उनले भने, ‘लगभग १८–१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ । गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ ।’

    उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए ।  झाले आफुहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - १५:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij