Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

उपसभामुख जागाउने प्रपञ्च

दूतावासलाई पत्र लेख्नु अज्ञान भएको भन्दै उपसभामुख चोख्याउने ध्याउन्नमा रास्वपा 

दूतावासलाई पत्र लेख्नु अज्ञान भएको भन्दै उपसभामुख चोख्याउने ध्याउन्नमा रास्वपा 


  • 1.4K
    Shares

    दूतावासलाई पत्र लेख्नु अज्ञान भएको भन्दै उपसभामुख चोख्याउने ध्याउन्नमा रास्वपा 
    images

    काठमाडौं । रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको दाबी गरेका छन् ।

    ‘१९ महिना पहिले उपसभामुखज्युले एउटा पत्र लेख्नुभयो । उहाँलाई ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसको बारेमा उहाँले म बाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो ।’

    गल्ती स्वीकार गरिसक्दा समेत यसलाई राजनीतिक रुपमा बार्गेनिङ गरिनु गलत भएको उनले बताए । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुनन् । 

    संसद् सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसद्को लेटरहेडमा उपसभामुखले दूतावासलाई लेखेको अनधिकृत पत्र केही समयअघि सार्वजनिक भएसँगै उनको पदीय मर्यादाको विषय चर्चामा छ ।

    १९ महिना अगाडि उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर अहिले राजनीतिक रुपमा प्रश्न उठाइनु गलत भएको उनको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - १३:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij