२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछिल्ला राजनीतिक एवं समसामयिक घटनाक्रमसँग निकै त्रसित छन् ।
उनले असोजको पहिलो सातासम्म राजनीतिले जस्तोसुकै मोड लिनसक्ने बताउँदै आफ्ना सांसदहरूलाई काठमाडौं बाहिर नजान निर्देशन दिएका छन् ।
ओलीले संसदमा बलियो उपस्थिति बनाउन आफ्ना सांसदहरूलाई निर्देशनसमेत दिएका छन् । आफूहरूलाई केही समय काठमाडौं नछोड्न निर्देशन आएको एमालेका एक सांसदले पुष्टि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij