२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । सत्तारूढ दलहरूले उपसभापति इन्दिरा रानालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने भएका छन् । आज (मंगलबार) बस्ने संसद् बैठकमा रानाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने भएका हुन् ।
सोमबार सिंहदरबारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले उक्त सहमति गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठकमा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए । प्रक्रिया पुर्याएर सकेसम्मै आजै उपसभामुखविरूद्ध प्रस्ताव दर्ता गर्ने विषयमा बैठकमा सहमति जुटेको थियो ।
उपसभामुख राना प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij