Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक

दुवै सदनको बैठक आह्वान : प्रमद्वारा प्रतिवेदन पेश, मन्त्रीद्वयले प्रश्नको जवाफ दिँदै

दुवै सदनको बैठक आह्वान : प्रमद्वारा प्रतिवेदन पेश, मन्त्रीद्वयले प्रश्नको जवाफ दिँदै


  • 1.9K
    Shares

    दुवै सदनको बैठक आह्वान : प्रमद्वारा प्रतिवेदन पेश, मन्त्रीद्वयले प्रश्नको जवाफ दिँदै
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक आह्वान गरिएको  छ । बैठक आज (मंगलबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । 

    उक्त संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–०८०’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सदस्य माया प्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौ वार्षिक प्रतिवेदन, २०८०–०८१’ सभा समक्ष पेस गर्नेछन् । 

    त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । 

    p_page-0001 (2).jpg

    प्रतिनिधिसभाको बैठक पनि आजै आह्वान गरिएको छ । उक्त सभाको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनामा बस्नेछ । 

    बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

    अर्थ समितिका माननीय सभापति सन्तोष चालिसेले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने सस्म्भावित कार्यसूची छ ।

    माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव पाण्डेयले बताए । 

    संघीय संसद्को दुवै सदनको बैठक आज दिउँसो १ः०० बजे आह्वान गरिएको छ । 

    pr_page-0001.jpg

    प्रकाशित मिति :भाद्र २५ २०८१ मंगलवार - १०:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij