Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

प्रम ओली नै संसद्को गतिरोध गर्न उद्धत, सत्तापक्षका सांसदलाई प्रतिपक्षीसँग भिड्न निर्देशन

प्रम ओली नै संसद्को गतिरोध गर्न उद्धत, सत्तापक्षका सांसदलाई प्रतिपक्षीसँग भिड्न निर्देशन


  • 2.1K
    Shares

    प्रम ओली नै संसद्को गतिरोध गर्न उद्धत, सत्तापक्षका सांसदलाई प्रतिपक्षीसँग भिड्न निर्देशन
    images

    काठमाडौं । सोमबार बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

    उनले फेरी देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले उक्त बैठकमै आपत्ति जनाएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार गठन भएयता अराजक गतिविधिलाई प्रचण्डले नै बढवा दिएको समेत बताएका थिए । 

    काठमाडौं महानगरका मेयर बालेन शाह, अभियान्ता दुर्गा प्रसाईंलाई उक्साउने पनि प्रचण्ड भएको आरोप लगाएका थिए । बैठकमा सहभागी जनमत पार्टीका संसदीय दलका उपनेता अब्दुल खानले यो कुराको पुष्टि गर्दै भने, ‘बालेन, दुर्गा प्रसाईंलगायतको पछाडि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हात रहेको कुरा उठेको हो । सदन र सामाजिक सञ्जालबाटै प्रतिवाद गर्ने कुरा पनि भएको छ ।’

    यसका साथै बैठकमा प्रधानमन्त्री ओली स्वयंले बालेन र दुृर्गा प्रसाईंलाई उचाल्न प्रचण्ड नै उद्धत रहेको बताउँदै सरकारले त्यस्तो सूचना पाएको दाबी गरे । उनले भने, ‘सामाजिक सञ्जाल र सदनबाटै यसको प्रतिवाद हुन्छ र प्रतिवादका लागि प्रतिपक्षी सांसदहरूसँग सत्तारूढ दलका सबै सांसदहरू तयार रहन आग्रह गर्दछु ।’ 

    प्रधानमन्त्रीको निर्देशनले नै संसद्को गतिरोध हुने निश्चित जस्तै छ । माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि माओवादी केन्द्रका सांसदहरू संसद्मै प्रतिवादमा उत्रिएका थिए । १० वर्षे सशस्त्र संघर्षका सुप्रिमो प्रचण्डले नै यसको खण्डन गर्दै आएका छन् । 

    यस्तोबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई निरन्तर गति दिन सत्ता र प्रतिपक्षीलाई शान्त र संयम हुन आग्रह गर्नुको साटो उक्साउनु राम्रो नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

    प्रकाशित मिति :भाद्र २५ २०८१ मंगलवार - १०:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij