२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूले बालेन र दुर्गा प्रसाईंलाई प्रचण्डले उचालेको आरोप लगाएका छन् ।
उनीहरूले काठमाडौं महानगरका मेयर बालेन शाह र अभियान्ता दुर्गा प्रसाईंलाई प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचालेको आरोप लगाएका हुन् ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्यस्तो सूचना पाएको बताउँदै सामाजिक सञ्जाल र सदनबाटै प्रतिवादन गरिने बताए ।
उनले सत्ता गठबन्धन भत्काउन लागिपरेको र अस्थिरता निम्त्याउन यस्तो काम गरेको आरोप प्रचण्डमाथि लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
विपक्षी दलका नेताले सदन र अहिले सार्वजनिक रुपमा दिएका अभिव्यक्ति गलत भएको निष्कर्ष निकाल्दै त्यसको पनि प्रतिवाद सदनबाटै गर्ने निष्कर्ष निकालेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij