Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट : थप १७९ जनामा संक्रमण, १११ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप १७९ जनामा संक्रमण, १११ जना संक्रमणमुक्त


  • 8.9K
    Shares

    कोरोना अपडेट : थप १७९ जनामा संक्रमण, १११ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ ।

    देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ । २४ घण्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

    हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएको छ । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij