Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसद् बैठक

शिक्षामन्त्री विद्या भट्टराईले नेपाल विश्वविद्यालय विधेयक–२०८१ संसदमा प्रस्तुत गर्दै (कार्यसूचीसहित)

शिक्षामन्त्री विद्या भट्टराईले नेपाल विश्वविद्यालय विधेयक–२०८१ संसदमा प्रस्तुत गर्दै (कार्यसूचीसहित)


  • 2.0K
    Shares

    शिक्षामन्त्री विद्या भट्टराईले नेपाल विश्वविद्यालय विधेयक–२०८१ संसदमा प्रस्तुत गर्दै (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । 

    उक्त बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    त्यस्तै माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    त्यसैगरी नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूत्री रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । 

    vulzvkorqjagzphd_page-0001.jpg

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - १०:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij