Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रहस्यको गर्भमा

कांग्रेस–एमालेबीच मध्यराति भएको ७ बुँदे सहमति नै सरकारको न्यूनतम साझा कार्यक्रम

कांग्रेस–एमालेबीच मध्यराति भएको ७ बुँदे सहमति नै सरकारको न्यूनतम साझा कार्यक्रम


  • 2.5K
    Shares

    कांग्रेस–एमालेबीच मध्यराति भएको ७ बुँदे सहमति नै सरकारको न्यूनतम साझा कार्यक्रम
    images

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

    आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

    सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरुले यस छलफलबाट न्युनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । 

    जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ । 

    साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ । कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    ओली प्रधानमन्त्री नियुक्त भएको अढाई महिना पुग्नै लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन सकेको छैन । यद्यपि यसअघि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १७ गते मध्यराति भएको सात बुँदे सहमति नै सरकारको न्यूनतम साझा कार्यक्रम भएको बताउँदै आएका छन् । तर, यसबारे आज बस्ने सत्ता साझेदार दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।  

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - ०९:५७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij