Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दुई समूहका युवाबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ

दुई समूहका युवाबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ


  • 6.2K
    Shares

    दुई समूहका युवाबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ

    युवाहरूको दुई समूहबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति बारेकोट गाउँपालिका-२ लिम्सामा दुई समूहका युवाबीच झडप भएको थियो ।

    झडपका क्रममा नलगाड नगरपालिका–४ का नरेश रावलको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाले बताए । मृतक रावल जाजरकोट–डोल्पा यातायात व्यवसायी समितिमा आवद्ध थिए ।

    सोही यातायात समितिमा आवद्ध दुई समूहबीच झडप हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । मृतक रावलको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याउने तयारी भइरहेको बताए ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij