Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

मन्त्री जोगाउने रणनीति

ओली र बाबुराम भेटले कांग्रेस–एमाले सत्ताको कोपभाजनमा परेका फणीन्द्रको मन्त्रीपद सुरक्षित 

ओली र बाबुराम भेटले कांग्रेस–एमाले सत्ताको कोपभाजनमा परेका फणीन्द्रको मन्त्रीपद सुरक्षित 


  • 2.6K
    Shares

    ओली र बाबुराम भेटले कांग्रेस–एमाले सत्ताको कोपभाजनमा परेका फणीन्द्रको मन्त्रीपद सुरक्षित 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समाजवादी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । 

    भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

    भट्टराईसँगको तस्बिर सञ्जालमा साझा गर्दै ओलीले भनेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो ।’

    यसका साथै ओली र बाबुरामको भेटमा गण्डकी सरकारबारे पनि छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार गत असार १७ मा कांग्रेस–एमाले सत्ता समीकरण भएसँगै गण्डकीमा कांग्रेस, एमाले लगायतका दलहरूबीच सत्ता समीकरण भएको थियो । 

    त्यतिबेला एमालेले मन्त्रीद्वय दीपक मनाङे र फणीन्द्र देवकोटालाई हटाउनैपर्ने अडान राखेको थियो । उसले मनाङे र फणीन्द्रलाई हटाएर उनीहरूको ठाउँमा आफ्ना मन्त्री पठाउने बताउँदै आएको थियो । 

    यहीँ निहुँमा झन्डै दूई महिनासम्म एमाले सत्ता बाहिर नै बसेको थियो । तर, केन्द्रको निर्देशन बमोजिम एमाले भर्खरै सत्तामा पुगेको छ । 

    ओलीसँगको छलफलमा फणीन्द्रलाई नहटाउन भट्टराईले जोड दिएको स्रोतले बतायो । यसअघि कांग्रेस नेतृत्वको सरकार जोगाउन फणीन्द्रले साथ दिएको भन्दै भट्टराईलाई कुनै हालतमा नहटाउन प्रदेशमा निर्देशन दिन ओलीलाई आग्रह गरेका थिए । सोही बमोजिम उनले गण्डकीमा सर्कुलर गरिसकेका छन् भने अब फणीन्द्रको मन्त्रीपद सुरक्षित हुनेछ । 

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - ११:०३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij