Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रविधि 

बन्दको दबाब दिएका ओली आफैले १० महिनापछि हटाए प्रतिबन्ध, चल्यो टिकटक (निर्णयसहित)

बन्दको दबाब दिएका ओली आफैले १० महिनापछि हटाए प्रतिबन्ध, चल्यो टिकटक (निर्णयसहित)


  • 3.6K
    Shares

    बन्दको दबाब दिएका ओली आफैले १० महिनापछि हटाए प्रतिबन्ध, चल्यो टिकटक (निर्णयसहित)
    images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

    प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो । यही भदौ ६ गतेको

    मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको १५ दिनपछि प्राधिकरणले आजबाट प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

    सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई  टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन प्राधिकरणले निर्देशन दिएको छ । २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको तत्कालीन सरकारका प्रवक्ता रेखा शर्माले बताएकी थिइन् ।

    त्यसलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले कार्तिक २८ गते सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदाकहरूलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो । 

    टिकटकमाथि रोक लगाउन निर्देशन दिएको करिब १० महिनापछि आज प्राधिकरणले खुलाउन निर्देशन दिएको छ । १० महिना पहिले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई तत्काल टिकटक बन्द गर्न दबाब दिएका थिए ।

    त्यसपछि उनले प्रतिबन्ध लगाए र आफू प्रधानमन्त्री बनेपछि केपी शर्मा ओली आफैले प्रतिबन्ध हटाएका छन् । प्रतिबन्धन हटेसँगै टिकटक चल्न थालेको छ । 

    458206733_1041614260899798_8178774158864460194_n_k1A6JXZ6HL.jpg
     

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १५:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij