Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

ओलीलाई प्रचण्डको जवाफ– जनताको 'राउन्ड किक' कस्तो हुन्छ, अब देख्नेछन्

ओलीलाई प्रचण्डको जवाफ– जनताको 'राउन्ड किक' कस्तो हुन्छ, अब देख्नेछन्


  • 3.0K
    Shares

    ओलीलाई प्रचण्डको जवाफ– जनताको 'राउन्ड किक' कस्तो हुन्छ, अब देख्नेछन्
    images

    काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । 

    ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि प्रचण्डले पनि ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’  भन्ने जवाफ फर्काएका हुन् । 

     प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै उनलाई ‘राउन्ड किक’ हानेर सरकारबाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । 

    सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । 

    प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

    जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इङ्गित गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्ने पनि बताए । 

     

    प्रकाशित मिति :भाद्र २० २०८१ बिहिवार - ११:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij