Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

काँग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृह मन्त्रीको आग्रह

काँग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृह मन्त्रीको आग्रह


  • 2.1K
    Shares

    काँग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृह मन्त्रीको आग्रह
    images

    काठमाडौ । दोधारा चाँदनी (कञ्चनपुर) । गृह मन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।

    “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

    प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

    “दुईरतीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृह मन्त्री लेखकले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे ।

    “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।” 

    गृह मन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए  “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उनले भने ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

    प्रकाशित मिति :भाद्र २० २०८१ बिहिवार - १०:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij