Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

 मिक्चर मेसिनमा बेरिएर मजदुरको मृत्यु

 मिक्चर मेसिनमा बेरिएर मजदुरको मृत्यु


  • 9.4K
    Shares

     मिक्चर मेसिनमा बेरिएर मजदुरको मृत्यु

    मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चर मेसिनमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    करिडोरअन्र्तगत सप्तकोशी जलाधार कन्ट्रक्सनले ठेक्का लिएको घरपझोङ गापा-२ र ३ को मार्फा र स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गापा-४ बस्ने २० वर्षीय लालबहादुर रोक्का (सुन्दर रोक्का) को मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको घटना स्थलमा पुगेर विवरण संकलन गरी पोस्ट मार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १३:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij