Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ


  • 6.2K
    Shares

    अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका ८ का २३ वर्षीय अमित भुजेल रहेका छन् ।

    भुजेललाई हिजो (बिहीवार) प्रहरीले पक्राउ गरेको हो । भुजेलले सर्ट टर्म ४५७ भिषामा २-२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रक्रिया गरी अष्ट्रेलिया पठाईदिने भन्दै रकम असुलेका थिए ।

    उनले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १३:४३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij