Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य

यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य


  • 5.1K
    Shares

    यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य
    images

    काठमाडौं । यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य भएको छ । यति एयरलाइन्सले आफ्नो जहाज मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने जनाएको छ ।

    कम्पनीले ग्यापुसँगको सहकार्यमा जुनसुकै मूल्यको टिकट खरिद गरी यति एअरलाइन्समार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।

    एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत् सामान खरिद गर्दा २०० रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३०० रुपैयाँ को ट्राभल भौचर गरी जम्मा ५०० मूल्य बराबरको सहुलियत दिने भएको कम्पनीले जनाएको छ ।

    साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरूमध्ये प्रत्येक दिन एक जनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्ने जनाइएको छ ।

    एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार अप्रिल १ देखि नै यति एअरलाइन्समार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउन थालिसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १३:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij