Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

समाचार

जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध

जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध


  • 2.3K
    Shares

    जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे ।

    एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् ।

    सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे । उनले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न सुरु भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागे ।

    प्रकाशित मिति :भाद्र १८ २०८१ मंगलवार - १३:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij