Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग


  • 3.3K
    Shares

    ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् ।

    नेता भण्डारीले विज्ञप्ति जारी गर्दै एमाले नेतासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

    केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनमा असहयोग गरेको भन्दै ‘आइजीपी वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

    ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्सर्ना गर्दै प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनले यो अभिव्यक्तिका कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयं सरकार र प्रधानमन्त्री हुने समेत बताएका छन् ।

    प्रकाशित मिति :भाद्र १८ २०८१ मंगलवार - ११:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij