Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन


  • 10.8K
    Shares

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन
    images

    खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ ।

    मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

    समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लालबहादुर बम, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् ।

    “नेपाल–भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचबिखनको उच्च जोखिम छ”, नगर प्रमुख सुनारले भन्नुभयो, “यसलाई नियन्त्रण गर्नका लागि नवगठित समितले सघाउ पुर्याउने छ ।” मानव बेचबिखन नियन्त्रण र जनचेतना सँगसँगै लैजानुपर्ने उहाँको भनाइ छ ।

    अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउँदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

    रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उहाँले बताउनुभयो । रासस

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १३:११:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij