Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु

पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु


  • 6.6K
    Shares

    पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु
    images

    काठमाडौं । कीर्तिपुरमा पौडिखेल्न गएका दुई जना बालकको डुवेर मृत्यु भएको छ ।

    बिहिवार दिउँसो कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका १ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका-३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन् ।

    खाल्डोमा ५ जना बालकहरु पौडी खेल्ने क्रममा दुई जना हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र बिपद ब्यबस्थापनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खाल्डोमा उनीहरुको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १२:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij