२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्ने ध्याउन्नमा नलाग्न सुझाएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्री शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन प्रस्ताव गरेका हुन् ।
शर्माले एमालेसँग भएको सहमतिअनुसार २०८३ असारबाट ओली बिदा भएपछिको प्रधानमन्त्रीका लागि सभापति देउवाले लोभ गर्न नहुने दोर्होयाए । ‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न’, उनले भने, ‘आफ्नै पुस्ताका कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ ।’
उनले त्यसका लागि कांग्रेसमा देउवा जस्तै एक से एक नेता रहेको पनि सुझाए । शर्माले बैठकमा २०८३ असारपछि कांग्रेसबाट प्रधानमन्त्रीका लागि डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र अर्जुननरसिंह केसीसहितका नेताहरू सक्षम रहेको पनि बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij