Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

महामन्त्रीद्वय प्रतिवेदन विवाद 

गगनको ढिपी अनुमोदन, विश्वको लोयल्टी संविधान संशोधनको कोभाजनमा 

गगनको ढिपी अनुमोदन, विश्वको लोयल्टी संविधान संशोधनको कोभाजनमा 


  • 2.8K
    Shares

    गगनको ढिपी अनुमोदन, विश्वको लोयल्टी संविधान संशोधनको कोभाजनमा 
    images

    काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन विवाद अन्ततः समाधान भएको छ । गगनको चुनावी गठबन्धन नगर्ने प्रतिवेदन पारित र विश्वप्रकाशको ‘एक्जिट पोलिसी’ प्रतिवेदन यथावत् राखेपछि विवाद समाधान भएको हो । 

    गगनले कुनै पनि निर्वाचनमा तालमेल नगर्ने विगतदेखि बताउँदै आएका थिए । उक्त कुरा आफ्नो प्रतिवेदनमा समेटेका थिए । सो प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकबाट पारित नगर्ने पक्षमा कांग्रेस संस्थापन पक्षका अधिकांश नेताहरू थिए । 

    तर, गगनले लिडेढिपी गरेपछि प्रतिवेदन आइतबार बसेको बैठकले पारित गरेको छ । उनले केन्द्रीय कार्यसमिति बैठकले आफ्नो प्रतिवेदन पारित गर्नुपर्ने अडान नछोडेकै कारण बैठक झन्डै एक महिना लम्बिएको थियो । गगन आफ्नो अडानबाट एकइञ्च पछि नहटेपछि देउवा बाध्य भएर प्रतिवेदन पारित गर्ने पक्षमा उभिए ।  

    त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको १, २, ३, ४ को फम्र्याटमा तयार पारिएको प्रतिवेदन भने बैठकले यथावत् राखेको छ । राष्ट्रपति १, प्रधानमन्त्री २, मन्त्री ३ र सांसद ४ पटक हुने व्यवस्थासहित तयार पारिएको विश्वको राजनीतिक प्रतिवेदन ‘एक्जिट पोलिसी’ कांग्रेस संस्थापन र इतरपक्ष पारित नगर्ने पक्षमा देखिएको थियो । 

    पार्टीका अधिकांश नेता विश्वको प्रतिवेदन कुनै हालतमा पारित नगर्ने पक्षमा उभिएका थिए । कतिपयले बैठकमै एक्जिट पालिसी्बारे सुन्न पनि चाहेका थिएनन् । 

    तथापि विश्वप्रकाश प्रतिवेदन पारित गर्ने पक्षमा देखिएका थिए । तर, उनको लोयल्टीको फाइदा उठाउँदै पार्टी सभापति देउवाले नै यो मुद्दा जायज भएको र संविधान संशोधनमा समेट्ने भन्दै थम्थम्याएपछि प्रतिवेदन पारितमा बल गरेनन् । त्यसपछि केन्द्रीय महासमिति बैठकले उनको प्रतिवेदन यथावत् नै राखेको छ । 

    असार १७ गते मध्यराति कांग्रेस–एमाले सत्ता समीकरणकै बेला संविधान संशोधन गर्नेबारे पनि सहमति भएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - ०९:४६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij