२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सातैवटा प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउन दौडधुप गरिरहेको छ । उसले झन्डै एक महिना लामो समय लगाएर कोशीदेखि सुदूरपश्चिमसम्म पुग्ने बताएको छ ।
यसैक्रममा जनार्दन शर्मालाई साथमा लिएर लुम्बिनी पुगेका अध्यक्ष प्रचण्डले पार्टी विभाजनतर्फ अघि बढेको टीकाटिप्पणी चले पनि त्यसो नभएको जिकिर गरे । स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको उनको दाबी छ ।
‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क।जनार्दन शर्माले पार्टी फुटाउँदै छ,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij