Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीले हातखुट्टा बाँधेर लडाउने चालबाजी गरेपछि नेपालले बोलाएको बैठक सुरु, के छ रणनीति ?

ओलीले हातखुट्टा बाँधेर लडाउने चालबाजी गरेपछि नेपालले बोलाएको बैठक सुरु, के छ रणनीति ?


  • 6.4K
    Shares

    ओलीले हातखुट्टा बाँधेर लडाउने चालबाजी गरेपछि नेपालले बोलाएको बैठक सुरु, के छ रणनीति ?

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र निलम्बित नेता माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक कलंकीस्थित मेघा बैंक्वेटमा सुरु भएको हो।

    आफूपक्षीय नेताहरुमाथि एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन बैठक बोलाइएको बताइएको छ। केही दिनअघि नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेका हु्न्। 

    यसबाहेक आजको बैठकबाट एमाले पुनर्गठनका लागि देशव्यापी अभियान सुरु गर्ने र राजनीतिक दस्तावेज तल्लो तहसम्मै सकुर्लेट गर्नेबारे ठोस रणनीति बनाउने तयारी पनि सो पक्षले गरेका छ।

     

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १२:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij