२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला राजनीतिक दललाई एकठाउँमा ल्याएको क्याप्टेन रामेश्वर थापा भएको पुष्टि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माफियाले बनाइदिएको सत्ता गठबन्धन भन्दै टिप्पणी गरिरहेकै बेला उनले यस्तो पुष्टि गरेका हुन् ।
शनिबार क्याप्टेन थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै ‘लुकाएर लुकाउन सकिने कुरा नभएको’ भन्दै उनले यस्तो बताएका हुन् ।
‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याएर अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो योगदान छ,’ सभापति देउवाले भने, ‘त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’
असार १७ मा कांग्रेस र एमालेबीच सहमति हुँदा क्याप्टेन थापाकै घरमा मध्यराति ७ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोही सहमति पश्चात् तत्कालीन प्रधानमन्त्री प्रचण्डले ‘माफियाले बनाइदिएको गठबन्धन भन्दै’ टिप्पणी गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij